काठमाडौं । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’मा दुईवटा सम्मान पाएको छ ।
अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको थियो।
एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्राप्त गरे।
उक्त अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुनले प्रदान गरेका थिए। फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदान सम्मान गरेको एमएडब्लू ग्रुपले जनाएको छ ।

