डायमण्ड कोटिङदेखि नगद छुट अफर गर्दै पोखरामा खुल्यो दीपलको शोरुम

पोखरा । नेपालका लागि चांगान तथा दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको चौथेमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दीपल ईभीको नयाँ एक्सपिरियन्स दिलाउन ‘स्टेट अफ दी आर्ट’ शोरुम संचालनमा ल्याएको हो ।

दीपलको नयाँ शोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नयाँ शोरुम संचालनमा ल्याएसँगै संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई-०७ को पनि बिक्री सुरु गरिएको थियो ।

पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । जहाँ दीपल ई-०७, एस-०७ र एल-०७ टेस्ट ड्राइभ गर्न सकिनेछ ।

‘टेस्ट ड्राइभ दी फ्युचर’ नाम दिइएको क्याम्पमा ग्राहकले निःशुल्क डाइमण्ड कोटिंग, ७ किलोवाटको चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मुल्याङ्कन दिने जनाएको छ ।

यसका अलावा हरेक टेस्ट ड्राइभमा दीपलको तर्फबाट सबैलाई उपहार दिने कम्पनीको भनाइ छ ।


Back_to_top