सुजुकीको मोटरसाइकल र स्कुटर किन्दा १ लाखसम्म उपहार पाइने

काठमाडौं । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा १ लाख रुपैयाँसम्म जित्न सकिने भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ वर्ष २०८२ को अवसरमा नगद १ लाख रुपैयाँ जित्ने अफर ल्याएको हो ।

‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशी’ स्लोगनसहित आएको उक्त अफर अन्तर्गत सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत न्यूनतम ८ हजार रुपैयाँदेखी १ लाख रुपैयाँसम्म नगद उपहार पाउने भएका हुन् । कम्पनीका अनुसार मोटरसाइकल तथा स्कुटर खरिद गरेका ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्ने छन् ।

त्यसैगरी, ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर सुजुकीको जुनसुकै मोडलसँग एक्स्ट्रा भ्यालुयसनसहित एक्सचेन्च गर्न पाउनेछन् ।


Back_to_top