सार्वजनिक भयो गुडाउन र उडाउन मिल्ने इलेक्ट्रीक तीनपाँग्रे मोटरसाइकल

काठमाडौं । चीनमा सडक र हवाई दुवै स्थानमा चलाउन सकिने तीन पाङग्रे ईभी भेहिकल सार्वजनिक भएको छ ।

चीनको टेक कम्पनी क्वीकह्वीलले आधिकारिक रूपमा आफ्नो स्काइराइडर एक्स ६ ईभी भेहिकल सार्वजनिक गरेको हो । कम्पनीले यसलाई तीनपाङग्रे मोटरसाइकलको रूपमा देखाएको छ ।

कम्पनीले चाइनामा आफूले निर्माण गरेको रोड र हवाई दुवै ठाउँमा चलाउन मिल्ने भेहिकल स्काइराइडर एक्स ६ ईभी अब चाइनामा अनलाइन माध्यम जेडी डटकममा उपलब्ध गराएको छ । इच्छुक ग्राहकले यसको प्री अर्डर गर्न सक्नेछन् । चिनियाँ बजारमा यसको मूल्य ६९ हजार यूएसडी डलर अर्थात नेपाली रुपैयाँमा ९३ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

यस भेहिकललाई रिक्टर सिस्टममा निर्माण गरिएको छ । जसले गर्दा यसको तौल निकै हलुका हुन्छ । यसको बडि कार्बन फाइबर कम्पोजीट एभीएसन ग्रेड आल्मुनियम धातुबाट बनेको छ । यो भेहिकललाई अटोमेटिक र मेनुअल दुवै सिस्टममा चलाउन सकिन्छ ।

यसलाई रोडमा चलाउनका लागि तीन ओटा टायर दिइएको छ भने हवाई रूपमा उडाउनका लागि ६ ओटा ब्लेड आकारको पातलो फ्लाइङ पङ्खा दिइएको छ ।

कम्पनीले यसमा सेफ्टिलाई मध्यनजर गरी हवाइ प्यारासुटसहित अन्य निकै फिचरहरू दिएको छ ।

यसमा हवाई र रोडका लागि छुट्टा छ्ट्टै स्वीचेबल दुई राइड मोड पनि दिएको छ । अवस्था अनुसार यसलाई सजिलै परिवर्तन गर्न सकिन्छ ।

एक्स ६ लाई रोडमा चलाउनका लागि रिभर्स ट्राइक लेआउट गरिएको मिड माउन्टेड रियर ह्वील ड्राइभ सिस्टम दिइएको छ । यसमा १० किलोवाट आवरको ब्याट्रीप्याक छ । यसलाइ डीसी चार्जरबाट फुलचार्ज गर्न मात्रै १ घण्टा समय लाग्ने छ ।

रोड माडमा यो ईभी भेहिकलको टप स्पीड ७० किलोमिटर प्रतिघण्टा छ भने, एकपटकको फुलचार्जमा २०० किलोमिटर सम्मको रेन्ज दिने छ ।

साथै, हवाई मोडका लागि यसमा ६ एक्सिस, ६ रोटर इलेक्ट्री प्रोपुलाइजन सिस्टम दिइएको छ । यो मात्र २० मिनेटको समयमा ७२ किलोमिटर प्रतिघण्टा चल्ने छ । यो भेहिकल छोटो दुरिको यात्राहरूको लागि एकदमै उचित हुने कम्पनीले बताएको छ ।


Back_to_top