थप सुरक्षा फिचरसहित भारतमा सार्वजनिक भयो, मारुती सुजुकी इग्निस फेसलिफ्ट

मारुती सुजुकीले आफ्नो इग्निस मोडलको फेसलिफ्ट सार्वजनिक गरेको छ । २०१९ इग्निसमा रुफरेल्स र नयाँ सेफ्टी फिचर थप गरिएको छ । यसको अलावा अन्य कुनै ठूलो परिवर्तन भने गरिएको छैन । 

यसको क्याविन, डिजाइन र इन्जिन भने पुरानै रेगुलर मोडलको जस्तै रहेको छ । सुरक्षा फिचरमा ड्यूल फ्रन्ट–एयरब्याग, एबीएस, ईबीडी, सिट–बेल्ट रिमाइन्डर, हाई–स्पीड अलर्ट–सिस्टम सबै भेरियन्टमा उपलब्ध रहेको छ । रुफरेल भने जेटा र अल्फा भेरियन्टमा मात्रै उपलब्ध रहेको छ । 

यसमा दिइएको १.२ लिटर के–१२ पेट्रोल इन्जिनले ८३ बीएचपी उच्चतम पावर र ११३ एनएम–टर्क जेनरेट गर्छ । उक्त इन्जिनमा फाइभ–स्पीड म्यानूअल र फाइभ–स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।  

नयाँ इग्निसको भारतीय बजारमा ४ लाख ७९ हजारदेखि ७ लाख १४ हजार भारतीय रुपैयाँसम्म मूल्य तोकिएको छ । 

नेपाली बजारमा पनि मारुती सुजुकीको इग्निस बिक्री–वितरण भइरहेको छ । नयाँ फेसलिफ्ट–इग्निस पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ । नेपालमा सिजी–मोटोले मारुती सुजुकीका गाडी बिक्री–वितरण गर्दैआएको छ ।


Back_to_top