कोरियाली कम्पनीले हुन्डाई र कियाले स्मार्ट फोन एप निर्माण गर्ने भएको छ । भविष्यमा निर्माण हुने इलेक्ट्रीक कारमा उपलब्ध टर्क, रिजेनेरेटिभ वर्किङ र क्लाइमेट कन्ट्रोल जस्ता जानकारी स्मार्टफोनमा आउने गरि उक्त एपको निर्माण गरिने कम्पनीले जनाएको छ ।
यी दुबै कम्पनीले उत्पादन गरिरहेका इलेक्ट्रीक गाडीमा उक्त विशेषता प्रदान गर्ने तयारी गरेका छन् । यसलाई इभी मोडलको कि फिचरको रुपमा लिइने कम्पनीले जनाएको छ । हाल यी दुबै कम्पनी अग्रेशिप ढंगबाट ईभी उत्पादनमा लागी परेका छन ।
दुबै कम्पनीले एक दशक भित्र २३ वटा नयाँ इलेक्ट्रीक सवारी ल्याउने तयारी गरिरहेका छन् । दुई कम्पनीको संयुक्त लगानीमा निर्माण हुने सबै ईभी मोडलमा सो प्रविधि जोडिने कम्पनीले जनाएको छ ।
यसमा जोडिने मोबिलिटी टेक्नोलोजीले ड्राइभरलाई विभिन्न जानकारी दिने गर्छ । विशेषत, रिजेनेरिटिभ ब्रेकिंग सिस्टम, एक्सलेरेशन, अलर्ट म्याक्सिमम् स्पीड लगायतको जानकारी ड्राइभर वा सवारीधनीलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।


