काठमाडौं । अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले पौने २ अर्ब रुपैयाँ अनुदना उपलब्ध गराउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी (१ अर्ब ८० करोड रुपैयाँ) अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्दै चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी गराए ।
अरनिको राजमार्ग चीनसँग व्यापार गर्ने प्रमुख नाका तातोपानी पुग्ने सडक हो ।


