संसद सचिवालयले माग्यो भारतसँग ३८ कार र ७५ वटा मोटरसाइकल

काठमाडौं । संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । सचिवालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग ११३ यूनिट सवारी साधन सहयोग मागेको हो ।

संसद सचिवालयको कामको लागि आवश्यक संख्यामा सवारीसाधनहरु अर्थमन्त्रालय मार्फत सहयोगस्वरुप माग गरिएको छ । यसरी गरिएको माग लगभग पुरा हुने भएको कारण प्रक्रिया अगाडि बढाइएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

यी सवारीसाधन कहिलेसम्म भारत सरकारले उपलब्ध गराउँछ भन्ने एकिन जानकारी बाहिर आएको छैन । तर, बेलाबखत भारत सरकारसँग सवारीसाधन माग भने विभिन्न निकायहरुले गरिनै रहेका हुन्छन् ।


Back_to_top