अप्रिलियाको अफरः एउटै डर्ट बाइकमा १ लाख ७५ हजार छुट

काठमाडौं । लकडाउनपछि कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम रोकिएको छैन । यस्तोमा अप्रिलियाले आफ्नो डर्ट बाइकमा १ लाख ७५ हजार रुपैयाँसम्म छुटको अफर ल्याएको छ ।

अप्रिलियाले नेपालमा बिक्री गर्दै आएको दुई डर्ट बाइकमा अफर सार्वजनिक गरेको हो । कम्पनीले एक्सआर १२५ मोडलमा १ लाख ५० हजार नगद छुट र २२ हजारसम्मको हेल्मेट दिने अफर गरेको छ । कम्पनीले बिक्री गर्ने अर्को मोडल एसआर १२५ हो । यसमा भने कम्पनीले ४५ हजार नगद छुट र २२ हजारसम्मको एशोसरिज निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

यसका अलावा कम्पनीले दुबै मोडलमा ५ हजार ४०० रुपैयाँको अग्रिम वार्षिक करसमेत तिरिदिने जनाएको छ । ग्राहकले यी मोटरसाइकल किन्दा नगदरहित सेवा, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा र होम डेलीभरीको सुविधा प्राप्त गर्ने छन् । कम्पनीले यो अफर आफ्नो लाजिम्पाट शोरुमबाट मात्र दिने जनाएको छ ।

यस्ता छन् बाइक

कम्पनीले बिक्री गर्दै आएको एसआर र एसएक्स दुबै १२५ सीसी सिंगल सिलिन्डर फोर स्टोक इन्जिन भएका बाइक हुन् । यी दुबै बाइकमा १७ इन्चको स्पोक ह्वील दिइएको छ । दुबै बाइकमा अगाडिको चक्कामा ३०० एमएमको डिस्क ब्रेक दिइएको छ भने, पछाडिको चक्कामा २२० एमएमको डिस ब्रेक दिइएको छ ।

यी दुई मध्य आरएक्स १२५ पूर्ण अफरोड राइडिङलाई ध्यानमा राखेर बनाइएको हो भने, एसएक्स १२५ अफरोड र अनरोड दुबैमा उत्कृष्ट पर्फमेन्स गर्ने कम्पनीको दाबी छ ।

सुरक्षालाई मध्यनजर गर्दै दुबै बाइकमा कम्पनीले ड्यूल च्यानल एबीएस, ट्याक्सन कन्ट्रोलजस्ता फिचरहरु दिइएको छ । यसमा दिइएको इन्जिनले १० हजार ५०० आरपीएममा १५ बीएच पावर र ८२५० आरपीएममा १०.९० एनएम टर्क जेनेरेट गर्छ ।
अप्रिलिया एसआरको कुल तौल १३५ केजी रहेको छ भने, यसमा ५ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ । कम्पनीको अनुसार यो

बाइकले एक लिटर पेट्रोलमा २५ किलोमिटर माइलेज प्रदान गर्नेछ । बाइकको उच्च गति क्षमता ११५ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

त्यसैगरि आरएक्स मोडलको सबै फिचर एसआरको जस्तै रहेपनि यसको तौल भने करिब १५ केजी कम रहेको छ । यसको कुल तौल १२० किलोग्राम रहेको छ ।

कम्पनीले यी दुबै मोडलको मूल्य समान ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top