फोर्ड फिगो र टाटा टियागो ह्याचव्याकमा कुन किन्दा राम्रो ? यस्ता छन् भिन्नता

काठमाडौं । नेपाली बजारमा टाटा माेटर्सकाे ह्याचव्याक टियागो र फोर्डकाे ह्याचव्याक फिगो बिक्री हुदै आएका छन् । यी दुबै कार एक अर्काका प्रतिस्पर्धी मोडल हुन् ।

अहिले नेपालमा फोर्डले फिगोका दुई भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । जसमा फिगो टाइटानियम पेट्रोल र फिगो टाइटानियम डिजेल हुन् ।

त्यसैगरि टाटाले टियागोका ५ भेरियन्टको बिक्री गर्दै आएको छ । जसमा टियागो एक्सई, एक्सएम, एक्सएम(ओ), एक्सजेड र एक्सजेड प्लस रहको छन् । टाटा टियागो एक्सई सुरुवाति भेरियन्ट हो । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टियागो एक्सएमको मूल्य २८ लाख ५५ हजार, एक्सएम (ओ) को मूल्य २८ लाख ५५ हजार, एक्सजेडको मूल्य ३० लाख ९९ हजार र एक्सजेड प्लस भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फोर्ड फिगो टाइटानियम पेट्रोलको मूल्य ३० लाख ९९ हजार रहेको छ भने डिजेल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

हामीले यहाँ यी दुबै मोडलका पेट्रोल इन्जिन युक्त गाडीको तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

इन्जिन

फोर्डले फिगोमा ११९४ सीसी क्षमताको इन्जिन दिएको छ भने टाटाले टियागोमा ११९९ सीसी क्षमताको इन्जिन दिएको छ । फार्डको इन्जिन तुलनात्मकरुपमा पावरफुल रहेको छ । यसको इन्जिनले अधिकतम ६५०० आरपीएममा ९४ बीएच पाव र प्रलान गर्नेछ ।

टियागोमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ८४ बीएच पावर प्रदान गर्ने छ । यी दुबै कारमा थ्रि सिलिण्डर इन्जिनको प्रयोग गरिएको छ । फिगो र टियागो दुबैमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

माइलेजको हिसावले हेर्दा टियागो राम्रो रहेको छ । टियागोले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ भने फिगोले १८ किलोमिटर मात्रै माइलेज दिने प्रमाणित भएको छ । यी दुबैको नेपाली सडकमा गुडाउदा आउने माइलेज एआरएआईले प्रमाणित गरेभन्दा कम हुने छ ।

साइज

आकार र साइजमा फिगो ठूलो रहेको छ । यसको लम्बाई ३९४१ एमएम, चौडाई १७०४ एमएम र उचाई १५२५ एमएम रहेको छ । तर, टाटा टियागोको लम्बाई ३७६५ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३५ एमएम रहेको छ । टियागोको उचाई फिगोको तुलनामा १० एमएम बढी रहेको छ । दुबै कारमा लगभग समान बुटस्पेश रहेको छ । फिगोमा २५७ लिटर र टियागोमा २४२ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

सुरक्षा

सुरक्षाको हिसावले फोर्ड फिगोको तुलनामा टियागो राम्रो रहेको छ । ग्लोबल एनक्यापमा क्र्यास टेष्टमा टियागो ४ स्टार रेटिङ पाउन सफल कार हो भने फिगो २ स्टार रेटिङ पाएको कार हो । दुबै कारमा दुई एयरव्याग, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेका छन् ।

फिगोमा नभएका स्पीड सेन्सिङ लक, डे-नाइट रियर भ्यू मिरर, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, चाइल्ड सेफ्टी लक, रियर वास वाइपर जस्ता फिचरहरु टियागोमा उपलब्ध रहेको छ । तर, टियागोमा नभएको आइएसओ फिक्स चाइल्ड सिट माउन्ट फिगोमा उपलब्ध रहेको छ ।


Back_to_top