मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’ गल्फ लुब्रिकेन्ट

काठमाडौं । गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारीको घोषणा गरेको छ । यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा सामान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको गल्फ लुब्रिकेन्टले विश्वस लिएको छ ।

यो नयाँ साझेदारीले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा गल्फले लिएको जनाएको छ । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा गल्फको प्रयोग गर्न थालिएको छ ।

गल्फ नेपालको सबैभन्दा बढी लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो । मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने कम्पनीले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top