काठमाडौं । टोयोटा मोटर्स इन्डियाले भारतमा ‘अर्वान क्रुजर’ सब फोर मिटर एसयूभी चाँडै सार्वजनिक गर्ने भएको छ । कम्पनीले अर्वान कुजरको टिजर सार्वजनिक गरेर यसको संकेत दिएको हो ।
यद्यपी टोयोटाको यो सब फोर मिटर एसयूभी मारुती सुजुकीसँगको सम्झौँता अनुसार बजारमा आउन लागेको हो । कम्पनीले सुजुकीको भिटार ब्रेजालाई टोयोटा ‘अर्वान क्रुजर’को नामबाट ल्याउन लागेको हो । केही समयअघि सुजुकीले टोयोटाले प्रस्ताव गरेको अर्वान क्रुजर नामा सहमति प्रदान गरेको थियो ।
टोयोटाले आफ्नो ल्याण्ड क्रुजरबाट प्रभावित भएर यसको नाम ‘अर्वान क्रुजर’ भएको हो । कम्पनीले सेप्टेम्बर महिनामा नै नयाँ एसयूभी बजारमा ल्याउने अनुमान गरिएको छ ।
बिभिन्न रिपोर्टमा जनाइए अनुसार टोयोटाले सुरुवातमा उत्पादन गरेको एसयूभी क्रुजर नामबाट चिनिएकाले आफ्नो स्थापित क्रुजरको प्रयोग सानो सब फोर मिटर एसयूभी ल्याउन लागेको हो । जुन सहर केन्द्रित नामबाट आउने छ । यो टोयोटा लाइनअपमा सबैभन्दा सस्तो एसयूभी समेत हुने छ । यसको मूल्य भिटारा ब्रेजाको तुलनामा केही प्रतिशत मात्र महंगो हुनेछ ।
टोयोटा अर्वान क्रुजरमा ब्रेजामा रहेको १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ । दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।
हाइब्रिड टेक्नोलोजीको प्रयोग भएको यो सब फोर मिटर एसयूभी सुरुमा टोयोटाले भारतमा मात्रै बिक्री गर्ने भएको छ । कम्पनीले यसको अगाडिको ग्रिलमा परिमार्जन गरेको टिजरमा देख्न सकिन्छ । यसको साथै बम्पर र प्लास्टिक मेटेरियलमा परिमार्जन हुने छ ।
टोयोटाको नेपालको लागि आधिकारीक यूनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार अर्वान क्रुजर तत्काल नेपाल आउने छैन ।

