काठमाडौं । बजाजका मोटरसाइकल अब रातको समयमा पनि सर्भिसिङ गराउन सकिने भएको छ ।
बाजज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीको ललितपुरको गुसिंगाल ९कुपण्डोल०स्थित सर्भिस सेन्टरले रात्रिकालीन सर्भिसिङ सेवा सुरू गरेको हो ।
कम्पनीले ग्राहकको समय बचतका लागी रात्रिकालिन सर्भिस सेवा संचालनमा ल्याएको हो । कम्पनीका अनुसार समय अभावका कारण दिउँसो मोटरसाइकल सर्भिस गराउन नभ्याउने ग्राहकहरूलाई लक्षित गर्दै यस्तो सर्भिस ल्याइएको हो ।
दिउँसोको काम सकेर बेलुकी ५ बजेदेखि ८ बजेसम्म मोटरसाइकल सर्भिसका लागि लिने र बेलुकी ८ बजेदेखि बिहान ८ बजेसम्ममा मोटरसाइकल सर्भिस गरेर ग्राहकलाई डेलिभरी दिने कम्पनीले जनाएको छ । यसका लागि अतिरिक्त कुनै शुल्क नलाग्ने समेत कम्पनीले जनाएको छ । अहिले अधिकांश सर्भिस सेन्टरहरू बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्ने गरेका छन् ।
यो सेवा हाल बजाजको गुसिंगाल सर्भिस सेन्टरमा मात्र उपलब्ध रहेको छ ।