काठमाडौं । बीएमडब्लू मोटरसाइकलले एक्सचेन्ज स्कीम ल्याएको छ । एक्सचेन्ज मार्फत बीएमडब्लूका मोटरसाइकल खरिद गर्दा नगद छुट तथा थप मूल्याङ्कसमेत दिनेगरी स्कीम सार्वजनिक गरेको हो ।
बीएमडब्लू मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हिमालयन मोर्टाडले २० हजार नगद छुट तथा अन्य विभिन्न योजना सहितको स्कीम ल्याएको हो । यो स्कीममा ग्राहकले ४२ हजार बराबरको प्याकेज छुटका रुपमा पाउने छन् ।
कुनै पनि पुराना मोटरसाइकलसँग विएमडब्लूका नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्दा नगद २० हजार तथा १५ हजार थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । त्यस्तै, उक्त स्कीममा ग्राहकले एजीभी हेलमेट किन्दा ७ हजार रुपैयाँ छुट पाउने छन् ।
यसका साथै यो एक्सचेन्ज स्कीममा फाइनान्सको सुबिधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । हिमालयन मोर्टाडले बीएमडब्ल्यू जी ३१० आर र जी ३१० जीएस विक्री गर्दै आएको छ ।


