काठमाडौं । बीवाइडीले आफ्नो युवान अप मोडललाई बेलायतबाट राइट ह्याण्ड ड्राइभ बजारमा बिक्री थालेको छ । कम्पनीले अष्ट्रेलियामा एटो-३ अप नाम रजिष्टर गरेपनि बेलायतमा एटो-२ नामबाटै सार्वजनिक गरेको हो ।
बीवाइडीले बेलायती बजारमा फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटरमा एटो-२ सार्वजनिक गरेको हो । कम्पनीले १३० किलोवाट (१७४ पीएस) पावर र २९० एनएम टर्क क्षमताको इलेक्ट्रीक मोटरमा बिक्री सुरु गरेको हो ।
चिनियाँ कार निर्माताले ४२.४ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्रीमा ल्याएको एटो-२ ले सिंगल चार्जमा ३११ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
बीवाइडीको ई-प्लेटफर्म ३.० मा बनाएको एसयूभीको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस दिइएको छ ।
एटो-२ मोडलमा ८.८ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, फोर स्पोक स्टेरिङ ह्वील, स्पेसल सिट दिइएको छ ।

