रङ खुइलिएका र फोहोर सवारी साधन काठमाडाैं महानगरमा चलाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालीकाले ल्याएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सहरी सुन्दरता कायम गर्न रङ खुइलिएका र फोहोर देखिने गाडी संचालन गर्न नदिने उल्लेख गरेको छ ।

‘काठमाडौंको स्वच्छता र नगरवासीको जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने छ । सहरको सुन्दरता कायम राख्न सवारी साधन सरसफाई एवं रंग रोगन गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाइने छ’, नीति तथा कार्यक्रमको बुँदा नम्बर १७६ मा उल्लेख गरिएको छ ।

यसलाई कडाइका साथ लागु गर्ने र यसले उपत्यकाको सुन्दरता बढ्ने महानगरको भनाई छ ।

त्यसैगरि उपत्यका बाहिरबाट आउने सवारी साधन नाकामा नै सफाई गरेर ल्याउन भेहिकल क्लिनिङ सेन्टर निर्माणको अध्ययन सुरु गर्ने, ट्राफिक लाइट सिग्नलाइज प्रणालीमा जडान गर्ने जस्ता विषयलाई महानगरले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।


Back_to_top