भारतमा बनेका मनै लोभ्याउने यी ५ कन्वर्टेवल कार

भारतीय कार उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनको कन्वर्टेवल कारहरु उत्पादन गर्ने गरेका छन् । तर, ति कारहरु बजारमा बिक्री वितरण गर्नको लागि भन्दा पनि बिभिन्न अटो शोहरुमा शोकेस गर्न कन्सेप्ट कारको रुपमा उत्पादन गर्ने गरेका हुन् ।

मारुती सुजुकीले आफ्नो स्विफ्ट मोडलको कन्वर्टेवल कार उत्पादन गरेर युरोपियन बजारमा बिक्री नै गरिरहेको छ । तर, हामीले यहाँ उल्लेख गरेका अन्य कम्पनीले आफ्ना यी कारहरु अटो शोहरुमा शोकेस गर्न वा रेन्डर तस्विर मात्रै भएपनि सार्वजनिक गर्ने गरेका छन् । 

टाट नेक्सन

टाटा मोटर्सले नेक्सनको कन्वर्टेवल कार निर्माण गरेको छ । कम्पनीले सुरुमा कन्सेप्ट कारको रुपमा उत्पादन गरेको यसको कन्वर्टेवल भेरिएन्ट निकै स्पोर्टी रहेको छ । २ ढोकाको प्रयोग गरिएको यो कारमा ४ जना बस्न मिलने छ । यसलाई कम्पनीले बजारमा भने ल्याएको छैन । 

मारुती सुजुकी स्विफ्ट


नेपाली बजारमा मारुती सुजुकी स्विफ्ट निकै रुचाइएको कार हो । ६ हजारभन्दा बढी स्विफ्ट नेपाली सडकमा गुडिरहेका छन् । तर, धेरैलाई थाहा नहुन सक्छ यसको कन्वर्टेवल कारसमेत रहेको छ । जसलाई कम्पनीले भारतमा उत्पादन गर्छ तर, बिक्री यूरोपियन बजारमा गर्दै आएको छ । यस कारमा २ ढोका रहेको छ ।

जीप कम्पास


जीप कम्पास जीप ब्रान्डकै सबैभन्दा सस्तो कार हो । कम्पनीले यसको कन्वर्टेवल मोडलको उत्पादन नगरेपनि यसको रेन्डर गरिएको तस्विरमा यो निकै आर्कषक देखिएको छ । दुई ढोका रहेको यो कारमा दिइएको विडसिल कन्ट्रास कलरले पेन्ट गरिएको छ । 

मारुती भिटारा ब्रेजा


मारुतीको सब ४ मिटर एसयूभी निकै चर्चित रहेको छ । यो एसयूभी सुजुकीको वेष्ट सेलिङ कारमा पर्छ । यसको कन्वर्टेवल मोडलको उत्पादन नभएपनि रेन्डर तस्विरमा निकै आर्कषक देख्न सकिन्छ । 

महिन्द्रा टीयूभी ३००


महिन्द्रा टीयूभी ३००को कन्वर्टेवल मोडललाई कम्पनीले स्टिन्जर नामबाट उत्पादन गरेको छ । यस वर्ष भएको दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको यसलाई नाडा अटो शो २०१८ मा महिन्द्राले नेपालमा समेत शोकेस गरेको थियो ।


Back_to_top