सप्तरी । तीन दिन देखिको वर्षासँगै खोलामा आएको बाढीका कारण भास्सिएको महुली पुल शनिवार साँझ साढे ६ बजेदेखि करिब ५० मिटर पूर्णरुपमा क्षति भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल राजमार्गको महत्वपूर्ण पुल हो । ३ दिन अगाडी नै भासीए को सो पुल अनुगमनका लागि आएका सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको अनुगमन टोलिले सडक डिभिजन कार्यालयलाई पुलको अबस्थाबारे जानकारी दिएको थियो ।
अहिले पुल भत्किएपनि एकतर्फी आवागमन सञ्चालन भईरहेको छ, अब समयमा काम नगर्ने हो भने बर्षामा यातायात सेवा नै बन्द हुन सक्छ ।
सडकको बीचमा चिरा परेर एक साइड भासिएको छ, अब बाँकी भाग जोगाउन पनि पुलको तत्काल मर्मत सुरु गर्नुपर्ने सम्बन्धीत निकायको ठम्माई छ ।

