शून्य डाउन पेमेन्टमै किन्न सकिन्छ स्कुटर, तीन बैंकको फरक-फरक अफर

काठमाडौं । एनआईयूको नेपालको लागि आधिकारीक वितरक ईको इन्फिनीटी प्रालिले शून्य डाउन पेमेन्टमा स्कुटर बेच्ने योजना अगाडि ल्याएको छ । कम्पनीले नेपाली बजारमा चीनमा निर्मित स्तरिय लिथियम आयोन व्याट्री भएको एनआईयूका स्कुटरहरु बिक्री गरिरहेको छ । 

कम्पनीका अनुसार यो स्कुटर चड्न कुनै पनि रकम डाउन पेमेन्ट गर्नु पर्ने छैन । यसको लागि तपाईसँग नबिल बैंक, सेन्चुरी बैंक तथा हिमायलन बैंकको क्रेडिट कार्ड भने हुनु पर्नेछ । 

यी बैंकहरुको क्रेडिट कार्ड तपाईसँग छ भने सजिलै यो स्कुटर फाइनान्समा खरिद गर्न सकिने ईको इन्फिनिटिले जनाएको छ । 

बैंक हेरेर यसको किस्ता पनि फरक फरक रहेको छ । कुनै बैंकले १८ महिना त कसैले २४ महिनसम्मको किस्तामा स्कुटर दिने छन् । 

नेपाली बजारमा एनआईयूका दुई नयाँ मोडलका स्कुटर अहिले बिक्री वितरण भइरहेको छ भने, एउटा नयाँ मोडल टेष्टिङ्गको क्रममा रहेको कम्पनीले जनाएको छ ।  

तत्कालै इलेक्ट्रीक स्कुटर किन्न चाहने मानिसले एनआईयूको एम र एन सिरीजका स्कुटर खरिद गर्न सक्ने छन् । 

बजारमा एम सिरीजको मूल्य २ लाख २९ हजार र एन सिरीजको २ लाख ४९ हजार रुपैयाँ रहेको छ । 

कुन बैंकको कस्तो स्कीम ?

एनआईयूका स्कुटरमा शून्य डाउन पेमेन्टमा सेञ्चुरी बैंकले कर्जा प्रबाह गरिरहेको छ । बैंकले आफ्नो क्रेडिट कार्ड होल्डर ग्राहकको लागि एन सिरिजको स्कुटरमा अग्रिम व्याज वापतको १२ प्रतिशतले हुन आउने २९ हजार ८८० रुपैयाँ लिएर कर्जा प्रबाह गर्नेछ । 

अग्रिम व्याज तिरेपछि मासिक १३ हजार ८३३ रुपैयाँका दरले १८ महिनासम्म किस्ता तिर्नु पर्नेछ । 

नविल बैंकले भने २० प्रतिशत डाउन पेमेन्ट राख्नु पर्ने योजना ल्याएको छ । जस अन्तर्गत स्कुटर किन्नेले ४९ हजार डाउन पेमेन्ट र १२ प्रतिशतका दरले २४ हजार रुपैयाँ अग्रिम व्याज भुक्तानी गर्नुपर्ने हुन्छ । 

नविल बैंकबाट एन सिरिजका स्कुटर किन्दा मासिक ११ हजार १११ रुपैयाँका दरले १८ महिनासम्म किस्ता तिर्नु पर्नेछ ।

हिमालयन बैंकले भने अग्रिम व्याज लिने छैन तर उसको पनि व्याजदर भने १२ प्रतिशत नै रहेको छ । बैंकले एन सिरिजका स्कुटर किन्दा सुरुमा ३० प्रतिशत डाउन पेमेन्ट बराबरको हुन आउने ७४ हजार ७०० रुपैयाँ जम्मा गर्नु पर्नेछ । 

त्यसपछि २४ महिनासम्म मासिक ८ हजार २०५ रुपैयाँका दरले किस्ता बुझाउने गरि ग्राहकले स्कुटर खरिद गर्न सक्ने छन् । 

सबै बैंकबाट कर्जा लिन सोही बैंकको क्रेडिट कार्ड बोकेको हुनु पर्नेछ । 

यस्तो छ स्कुटर

एनआईयूका स्कुटरहरु नेपाली बजारमा अहिलेसम्म आएका इलेक्ट्रीक स्कुटर मध्य सबैभन्दा स्तरिय र स्टाईलीस रहेका छन् । 

यसमा २४ सय वाटको बोसको मोटर रहेको छ भने, २९ एम्पायर आवरको पानाशोनिकको रिमुभेवल लिथिएम आयन व्याट्री लगाइएको छ । 

व्याट्रीलाई फुटरेष्ट मुनी राखिएको छ, यसलाई सजिलै झिकेर चाहेको स्थानमा लगेर चार्ज गर्न सकिन्छ । व्याट्री पूरै सकिएको अवस्थामा फुलचार्ज गर्नको लागि ६ घन्टा लाग्ने कम्पनीले जनाएको छ । 

यसको फुल चार्जमा माइलेज ८० किलोमिटर दिने कम्पनीले दावी गरेको छ । यो स्कुटरको टप स्पिड ५५ किलोमिटर प्रति घण्टासम्म रहेको छ ।  यसको व्याट्री र हेल्थ कन्डिसन टाढैबाट एनआईयूको एपबाट मनिटर गर्न सकिन्छ । 

निकै युनीक डिजाइनमा बनेको यो स्कुटर सडकमा गुड्दा सबैको ध्यान आकर्षित गर्न सक्छ । युरो स्ट्यान्डर्ड मेटिरियल प्रयोगगरि बनाइएको यो स्कुटरको अगाडि डियुल स्मार्ट एलइडी लाइट रहेको छ । 

यसको ड्यासबोर्ड पूर्णत डिजिटल रहेको छ । सुरक्षाको लागि अगाडि र पछाडि दुबै चक्कामा डियुल पिस्टन हाइड्रोलीक डिस्क ब्रेक दिइएको छ । स्कुटरमा तीन ड्राइभिङ मोड ईको, रेगुलर र स्र्पोट उपलब्ध रहेको छ । 

नेपाली बजारमा ५ वटा कलर अप्सन सेतो, रातो, निलो, कालो तथा ग्रे रङ्गमा स्कुरट उपलब्ध रहेको छ । 


Back_to_top