नाडा अटो शोमा बुकिङ गर्नेलाई हार्ले डभिडसनमा ८५ हजार छुट

काठमाडौं । नाडा अटो शोको अवसर पारेर नेपाली बजारमा हार्ले डेभिडसन बाइक प्रदर्शन हुने भएको छ ।  भाद्र २६ गते देखि भृकुटीमन्डपमा आयोजना हुने अटो शोमा पहिलो पटक हार्ले डेभिड्सन बाइक शोकेस हुन लागेको हो ।  

अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक वितरकको रुपमा आइएमई अटोमोटीभ्सले यो बाइक नेपालमा भित्र्याएको हो । 

हार्ले–डेभिडसनलाई छोटकरीमा हार्ले भन्ने गरिन्छ। यो अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हो र यसको उत्पादन अमेरिकामा मात्र हुन्छ  । यस कम्पनीको स्थापना २०औं शताब्दीको पहिलो दशकमा अमेरिकाको मिलवोकी, विस्कन्सिनमा भएको थियो । विलियम एस हार्ले र उनको साथी आर्थर डेभिडसनको परिकल्पनामा निर्माण भएको यो बार्इकको नाम हार्ले डेभिडसन राखिएको हो । 

नेपाली बजारमा उपलब्ध रहेको आर्इरन ८८३ मोडलको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ । आइएमर्इ अटोमोटीभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका जनरल मेनेजर उज्वल जोशीका अनुशार नाडा अटो शोको अवसरमा यस बार्इकमा ८५ हजार छुटको अफर रहेको छ ।

आइएमर्इ अटोमोटीभ्सले नाडा अटोशोमा  हार्लेको आर्इरन ८८३ मोडल सार्वजनिक गर्ने भएको छ ।  कम्पनीका अनुसार अटो शोलार्इ लक्षित गरेर हालको लागी एउटा मोडल प्रर्दशन तथा बिक्रि गर्ने भएको छ । 

ग्राहकको माग र छनोट अनुसार नयाँ मोडलका बाइकहरु ल्याउदै जाने कम्पनीले बताएको छ । नेपाली बजारमा आइरन ८८३ चारवटा कलरमा उपलब्ध रहेको छ । कम्पनीले नाडा अटो शोमा दुर्इवटा बाइक प्रर्दशनमा राख्ने भएको छ । 

हार्लेको आर्इरन ८८३ बाइकमा ८८३ सीसी क्षमताको एयर कुल्ड एफआइ डबल सिलिन्डर इन्जिन रहेको छ । यसले ५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क जेनेरेट गर्छ । फ्रन्ट तथा रियरमा  २९२ एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा १९ इन्चको रेडियल अलोय ह्वील रहेको छ । १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेका आइरन ८८३ को २५६ केजी तौल रहेको छ । 

२० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रिर्जभमा २.६५ लिटर फ्युल रहने छ ।  

अमेरिकी बहुचर्चीत ब्रान्ड  हार्ले–डेभिडसन हरेक बाइक रार्इडरको ड्रिम बाइक हो । हाल नेपाली बजारमा उपलब्ध रहेको आर्इरन ८८३ मोडलको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ । आइएमर्इ अटोमोटीभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका जनरल मेनेजर उज्वल जोशीका अनुशार नाडा अटो शोको अवसरमा यस बार्इकमा ८५ हजार छुटको अफर रहेको छ ।

उनका अनुशार नेपालमा पहिला देखि ८–१० वटाको संख्यामा हार्ले डेभिडसन रहेको छ । तर, ती बाइकको मर्मत तथा सर्भिसिङमा समस्या रहेको  थियो । अब आइएमर्इ अटोमोटीभ्सले छिट्टैनै थ्रीएस सुविधासहितको शोरूम गैरीधारामा संचालनमा ल्याएर सम्पूर्ण सुविधा प्रदान गर्नेछ । 


Back_to_top