भैरहवामा एकै पटक ४६ वटा बोलेरो हस्तान्त्रण

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले एकै पटक ४६ वटा बोलेरो पीकअप हस्तान्त्रण गरेको छ । कम्पनीले भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारीे ‘हेफर इन्टरनेशनल’लाई उक्त संख्यामा बोलेरो हस्तान्त्रण गरेको हो ।

कम्पनीले डेलिभरी दिएसँगै ती पीकअपहरु हेफर इन्टरनेशनलले सम्बन्धीत ग्राहकहरू दिएको थियो ।

यसरी एउटै डेलिभरीमा ठूलो संख्यामा गाडी उपलब्ध गराएसँगै हेफरसँगको सहकार्यले दुई कम्पनी बीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको अग्नी द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top