काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको आजबाट आधिकारीक विक्री सुरु गर्ने भएको छ । दशैं अघिदेखि नै बुकिङ लिइरहेको कम्पनीले आज बिहिबारबाट विक्री सुरु गर्न लागेको हो ।
एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएको हो । कम्पनीले अहिले हेक्टरको साइन भेरियन्ट नेपाल ल्याएको छ । यसको म्यानुयल र अटोमेटीक भेरियन्टको मूल्य क्रमशः ६१ लाख र ६६ लाख हुने अनुमान गरिएको छ ।
एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।

