हिरोले ल्याउँदै २५० सीसीको नयाँ मोटरसाइकल

काठमाडौं । कम्यूटर सेग्मेन्टमा सर्वाधिक सफल कम्पनी हिरो मोटोकर्पले पछिल्लो समय प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफुलाई केन्द्रित गरेको छ । पछिल्लो वर्ष करिज्मा २१० र हिरो माभ्रिक ४४० बजारमा ल्याएको हिरोले अब २५० सीसी नेकेड मोटरसाइकल ल्याउने भएको हो ।

आगामी सातादेखि सुरू हुने इआइसीएमए (इक्मा अटो शो २०२४) मा हिरो मोटोकर्पले २५० सीसी नेकेड मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । नयाँ मोटरसाइकलको पेटेन्ट इमेज केही अघि बाहिर आएको थियो ।

अहिले फेरी नयाँ पेन्टेन्ट तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा देखिए अनुसार नयाँ मोटरसाइकल करिज्मा २५० को नेकेड भर्सन हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले बजारमा ल्याउन लागेको नयाँ मोटरसाइकल यसअघि देखाएको कन्सेप्ट २.५ आर एक्सटन्टमा आधारित छ । नयाँ करिज्मा २५० र नयाँ २५० सीसी नेकडमा फेयरिङको मात्र भिन्नता रहनेछ ।

नयाँ २५० सीसी मोटरसाइकल एकदमै सार्प डिजाइनमा आउने छ । यसमा एग्रेसिभ हेडल्याम्प, ट्रयाक रेडी टायर, यूएसडी फर्क जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।

यो मोटरसाइकल हिरोको पहिलो यूएसडी फर्क भएको नेकेड मोटरसाइकल हुनेछ । अहिले उपलब्ध माभ्रिक ४४० मा समेत यूएसडी फर्क प्रयोग भएको छैन ।

हिरो करिज्मा २५० मा २५० सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहने छ । यो इन्जिनले अनुमानित ३० हर्षपावर र २५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स उपलब्ध हुनेछ ।


Back_to_top