हुन्डाईको नयाँ ईभीको नाम ‘एलेक्सियो’, रेन्ज ७०० किमी

काठमाडौं । चिनियाँ बजारलाई ध्यानमा राखेर हुन्डाईले नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक मोडलको नाम ‘एलेक्सियो’ राखिएको हो ।

चिनियाँ कम्पनी बेइजिङ अटोमोटिभ ग्रुभ कम्पनी (बीएआईसी) सँगको साझेदारीमा रहेको बेइजिङ हुन्डाईले आफ्नो पहिलो डेडिकेटेड प्योर इलेकट्रीक प्लेटफर्म प्रयोग गरेर एलेक्सियो उत्पादन गरेको हो ।

कम्पनीले ५ वर्ष लगाएर विकास गरेको एलेक्सियोलाई हुन्डाई चाइनाले न्यू क्वालिटी फोर्स भेहिकलको रूपमा पोजिसन गरेको छ । यो ईभीमा मोर्डन एस्थेटिक, एड्भान्स टेक्नोलोजी र हाइ क्वालिटी सामानहरूको प्रयोग गरिएको छ । यसको बिक्री सन् २०२५ को तेस्रो क्वाटरबाट हुने बताइएको छ ।

हुन्डाई एलेक्सियोमा इलेक्ट्रीक भेहिलकलाई प्रतिनिधित्व गर्ने फरक प्रकारको एक्सटेरियर डिजाइन छ । फ्रन्टमा क्रिष्टल डिजाइनको डे टाइम रनिङ लाइट र कनेक्टेड लाइट स्ट्रीप छ । फ्रन्टमा दिइएको इलुमिनेटेड लोगो निकै आकर्षक देखिन्छ । फ्रन्ट बम्परमा दिइएको टु टोन डिजाइनले एसयूभीलाई बोल्ड र प्रिमियम बनाएको छ ।

एलेक्सियो एसयूभीको साइड प्रोफाइलमा लाइन लेयर्ड, बाहिर उठेको ह्वील आर्कले मस्कुलर देखाएको छ । फ्लोटिङ रुफ, डी पिल्लरमा दिएको युनिक डिजाइन, हिडन डोर ह्याण्डल र मल्टीस्पोक २० इन्चको ह्वीलले यसलाई पृथक बनाएको छ ।

हुन्डाई एलेक्सियोको पछाडि पनि फ्रन्टको जस्तै कनेक्टेड लाइट स्ट्रीप छ । यसको रियरमा हिडन रियर वाइपरको साथमा मिनिमलिस्टिक डिजाइन पाउन सकिन्छ । पछाडि दिइएको हुन्डाईको लोगो रियर विण्डोमै इन्ट्रीग्रेट देखिन्छ ।

कम्पनीले एलेक्सियोको इन्टेरियरको बारेमा जानकारी दिएको छैन । यसको क्याबिन पनि निकै मिनिमलिस्टिक डिजाइनमा आउने अनुमान गर्न सकिन्छ । सामान्य डिजाइन भए पनि यसमा प्रिमियम कलर, मोर्डन सिट, र्यापअराउण्ड ककपिट डिजाइन आउने छ ।

हुन्डाई एलेक्सियोमा क्वालकम ८२९५ पी चीपसहितको कन्सेप्ट ड्राइभिङ इन्फोर्मेसन डिस्प्ले रहने छ । यसले अनलाइन नेभिगेसन, इन्टरटेनमेन्ट, स्मार्टफोन कनेक्टीभीटी, ओटीए अपडेट, भोइस इन्टरएक्सन र रिमोर्ट कन्ट्रोल जस्ता काम गर्छ ।

इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको लागि यो एसयूभीमा लेबल २ प्लस एडास फिचर छ । बेइजिङ हुन्डाईले सन् २०२५ सम्ममा अटोमेटिक असिस्टेड ड्राइभिङ र मेमोरि पार्किङ तथा सन् २०२६ अर्वान असिस्ट ड्राइभिङ फङ्सन अपग्रेड गर्ने योजना बनाएको छ । हुन्डाईले यी फिचरको लागि एलेक्सियोमा हुवावेको हार्मोनियस इन्टेलिजेन्ट मोबिलिटी शोलुसन प्रयोग गर्नेछ ।

एलेक्सियो हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म ई जीएमपीमा बनेको हो । यसमा रहेको ब्याट्री, मोटर लगायतका कुरा बारे हुन्डाईले कुनै जानकारी दिएको छैन । तर, सिंगल चार्जमा ७०० किलोमिटरसम्म चलाउन सकिने जनाएको छ ।


Back_to_top