ट्राफिक जरिवान ३ लाख ६४ हजार !

एजेन्सी । ओभर स्पीडमा गाडी चलाउँदा एउटा चालकले ३ लाख ६४ हजार ५०० रुपैयाँ बराबर (२७०० अमेरिकी डलर) ट्राफिक जरिवाना तिर्नु परेको छ । अमेरिकामा एक पोर्श्चे पानामेरा गाडीको चालकले तिब्र गतिमा गाडी चलाउँदा उक्त रकम जरिवाना तिर्नु परेको हो ।

चालकले तोकिएको गतिभन्दा दोब्बर बढी स्पीडमा गाडी चलाएको भन्दै क्यालिफोर्निया ट्राफिकले उनलाई जरिवाना गरेको हो । सन् २०२२ मा बनेको पोर्श्चे पानामेरा २६९ किलोमिटर प्रतिघन्टाको स्पीडमा दौडाइएको थियो । जबकी उक्त बाटोमा अधिकतम स्पीड ११३ किलोमिटर प्रतिघन्टा मात्रै थियो ।

ड्यूटीमा रहेका ट्राफिक प्रहरीले भनेका छन्, ‘साँझ ७ बजेको आसपास पानामेरा कार ओभर स्पीडमा आयो । म सडक छेउमा थिए, मलाई झण्डै उडाएको थियो ।’

जब चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो, त्यतिबेला उनिसँग बीमाको कुनै कागज थिएन । सामान्यतया तोकिएको गतिभन्दा बढी स्पीडमा गाडी चलाउनेलाई क्यालिफोर्नियामा १ हजार डलरसम्म जरिवान गर्ने गरिएको छ । बीमाको पेपर देखाउन नसकेको खण्डमा ५०० डलरसम्म जरिवाना गर्ने ब्यवस्था गरिएको छ ।

तर, पोर्श्चे पानामेराको सवालमा ट्राफिक प्रहरीले कडा रुप देखाएको हो । उसले हुन सक्ने सम्भावित क्षतीलाई आँकलन गरेर २ हजार ७०० डलर जरिवाना तोकेको हो । यस घटनाबाट अन्य चालकलाई पनि ज्ञान पुगोस् भन्ने ट्राफिक प्रहरीको भनाई छ ।


Back_to_top