भोलिबाट सवारीसाधनको पास सहज हुने

काठमाडौं । सरकारले तोकेको उद्योग व्यवसाय संचालनको लागि आवश्यक पास उद्योग विभाग र वाणिज्य विभागले सिधै दिने भएको छ ।

यसअघि निजी क्षेत्रका ४ संगठनको सिफारीसमा उद्योग विभाग र बाणिज्य विभागले पास दिने व्यवस्था गरेको भएपनि ती संस्थाले सिफारीसमा कार्टेलिङमा गरेको भन्दै अब सिधै विभागले पास उपलब्ध गराउने जनाएको हो ।

यसअघि सरकारले निजी क्षेत्रको सिफारीसमा आवश्यक कागजपत्र हेरी पास उपलब्ध गराउने गरेको थियो ।

‘उद्योगी व्यवसायीको व्यापक गुनासो आएपछि भोलिबाट विभागहरुले सिधै कम्पनी रजिष्टार कार्यालय र करमा दर्ता भएको प्रमाण पत्र देखाएर सिधै पास उपलब्ध गराउने छ’, उद्योगमन्त्री लेखराज भट्टले भने ।

भट्टकाअनुसार यसअघि निजी क्षेत्रको संस्थाहरुमा आवद्ध नभएका व्यवसायीले सिफरीस पाउन नसकेकाले नयाँ व्यवस्था गर्न लागिएको हो ।


Back_to_top