आज बिहिबारदेखि मयूर यातायातले रामेछाप, ओखलढुङ्गा र दोलखामा आफ्नो सेवा बिस्तार गरेको छ । उपत्यका वरपरमात्रै सेवा दिदै आएको कम्पनीले उपत्यका बाहिरपनि सेवाको सुरुवात गरेको हो ।
मयूरले अब दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, दाङलगायतका स्थानमा सेवा विस्तार गर्ने भएको छ, कम्पनीले ओखलढुङ्गामा त केही दिन अघिदेखि नै आफ्नो सेवा दिदै आएको छ ।
मयूूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले काठमाडौं बाहिर सेवा विस्तारका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए ।
श्रेष्ठका अनुसार मन्थली, सालु देउराली, साँघुटार, हुलाकचौर, रानीवन, घोराखोरी, मिश्रभञ्ज्याङ्, फेदीगुठ , फलाटे बजारसम्म बस सञ्चालन हुने छन् । ठूला ३२ सय सीसीका बस ग्रामीण भेगमासमेत पुर्याउने कम्पनीको योजना छ ।


