निषेधाज्ञा जारी हुनुअघि मोटरसाइकल बुकिङ गर्नेलाई थप ५ हजार नगद छुट

काठमाडौं । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले स्थानिय प्रशासनले बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्ने समाचार बाहिर आएसँगै ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ ।

सरकारले यहि बैशाख १६ देखि निषेधाज्ञा लागू गर्न लागेको समाचार आइरहेको सन्दर्भमा यो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए । यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू हुने जोशीले जानकारी दिए ।

स्कीम अनुसार बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट ग्राहकले पाउने छन् ।

काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड शोरुमबाट यो स्किम अन्तर्गतको छुट पाउन सकिने छ ।

हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ । उक्त अफर अन्तर्गत नगद तिरेर मोटरसाइकल किन्दा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिदगर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एशोसरिजहरु पनि प्रदान गरिने जोशीले जानकारी दिए ।

अफरमा मोटरसाइकल किन्दा कम्पनीले प्रति मोटरसाइकल एक हजार रुपैयाँका दरले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने जनाएको छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ ।

हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।


Back_to_top