कोहलपुरमा चल्यो फास्ट चार्जिङ स्टेशन

फाइल तस्बीर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको फास्ट चार्जिङ नेटवर्क मध्ये बाँकेको कोहलपुर बसपार्कमा बनेको चार्जिङ सेन्टर संचालनमा आएको छ ।

प्राधिकरण चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रमुख सागरमणी ज्ञावालीले आफ्नो सोशल मिडिया पेजमा कोहलपुर बसपार्कमा बनेको चार्जिङ सेन्टरमा सिसिएस २ गन भएको चार्जर संचालनमा आएको र प्रयोग गरेर फिडब्याक दिन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोहलपुर बसपार्कको सिसिएस-२ चार्जरमा गाडी चार्जगरी अनुभव सेयर गर्नुहोला ।’

नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वाङबाङ डिजिटल इनर्जीलाई निर्माणको जिम्मा दिएको ५१ स्थानको चार्जर लगभग सबै स्थानमा संचालनमा आउन लागेको हो ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस-२ र जीबी/टी गन भएको ६०/६० किलोवाट क्षमता दुई डीसी फास्ट चार्जर उपलब्ध छन् ।


Back_to_top