२२ लाखमै टाटाको इलेक्ट्रीक कार, यस्तो छ टियागो ईभी

काठमाडौं । टाटा टियागो इलेक्ट्रीक कार नेपामाल सार्वजनिक भएको छ । टाटाले नाडा अटो शो २०२३ मा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ ।

टाटा मोटर्सको आधिकारिक विक्रेता कम्पनी सिप्रदी ट्रेडिङले टियागो ईभीको केहि दिन अघि नै बुकिङ खुल्ला गरेको थियो ।

डिसी चार्जर सपोर्ट गर्ने टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । उक्त ईभीलाई सामान्य घरायसी बिजुलीमा सानो चार्जरको प्रयोग गर्दा फुल चार्ज हुन ८ घन्टा लाग्ने छ । त्यहि डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

टाटा टियागोमा ५० किलोवाट क्षमताको मोटरमा प्रयोग गरिएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहेको छ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको टियागो फिचर लोडेड छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


Back_to_top