काठमाडौं । होन्डा डिओ १२५ सीसी इन्जिनमा नेपालमा आएको छ । कम्पनीले नाडा अटो शो २०२३ मा डिओ १२५ सार्वजनिक गरेको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले गत महिनामा मात्र भारतमा सार्वजनिक भएको होन्डा डिओ १२५ नेपाल भित्र्याएको हो ।
यो स्कुटरले यामाहा रेजेड-आर १२५ र एनटर्क १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले यसको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
यस्तो छ स्कुटर
नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बे्रकहर्स पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ।
नयाँ डिओमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, नयाँ डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सुचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट कि, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरु दिएको छ ।


