काठमाडौं । रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । कम्पनीले नाडा अटो शोमा हन्टर ३५० सार्वजनिक गरेको हो ।
रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले क्लासिक ३५० भन्दा कम मूल्यमा हन्टर ३५० सार्वजनिक गरेको हो ।
४ लाख ५९ हजार रुपैयाँमा सुरूवाती मूल्यमा हन्टर सार्वजनिक गरेकाे हाे भने यसकाे टप भेरियन्टकाे मूल्य ४ लाख ७९ हजार रूपैयाँ निर्धारण गरेकाे हाे । याे सँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल भएकाे छ ।
यस्तो छ हन्टर ३५०
हन्टर रेट्रो, हन्टर मेट्रो दुइ भेरियन्टमा विभन्न कलर अप्सन पाउन सकिन्छ ।
हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर मात्रै छ ।
रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा उपलब्ध छ ।
हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

