टीभीएस रोनिन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । टीभीएस रोनीन नेपालमा सार्वजनिक भएको छ । टीभीएसको बहुप्रतिक्षित मोटरसाइकल रोनिन नाडा अटो शो २०२३ मा सार्वजनिक भएको हो ।

टीभीएसको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल प्रदर्शनि गरेको हो ।

कम्पनीले रोनिनको दुई भेरियन्ट प्रदर्शनिमा राखेको छ ।

कम्पनीले रोनिनको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन भने तत्काल यसको विक्री समेत सुरु नहुने बताएको छ ।

आजदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले रोनिन र आइक्युब इलेक्ट्रीक स्कुटर मात्र प्रदर्शन गरेको छ ।

कम्पनीले टीभीएस आइक्यूब इलेक्ट्रीक स्कुटरको भने आधिकारिक रुपमा नै बिक्री सुरु गरिसकेको छ । कम्पनीले यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो ।

यस्तो छ रोनीन

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९।९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।


Back_to_top