पल्सर ४०० सार्वजनिक हुनुअघि नै ‘लिक’ भयो तस्बीर

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले सार्वजनिक गर्ने तयारी गरेको पल्सर ४०० मोटरसाइकलको तस्बीर लिक भएको छ ।

बजाजले मे ३ मा सार्वजनिक गर्ने तयारी गरिरहेको बजाज पल्सर ४०० पल्सरको तस्बीर इन्टरनेटमा बाहिरिएको हो । सार्वजनिक तस्बीरमा पल्सर ४०० डिलर नेटवर्कमा पुगेको जस्तो देखिन्छ ।

तस्बीरमा देखिए अनुसार मोटरसाइकलको ओभरअल लुक्स एनएसको डिजाइनसंग मिल्दोजुल्दो रहेको देखिएको छ ।

युनिक हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्र्याब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरले गर्दा मोटरसाइकलको लुक्स निकै आकर्षक देखिएको छ । २०२४ को सुरूआतमै बजाज अटोका निर्देशक राजिव बजाजले यो वर्ष सबैभन्दा ठूलो पल्सर आउने घोषणा गरेका थिए ।

डोमिनारमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन यस मोटरसाइकलमा हुनेछ । उक्त इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिप र असिस्ट क्लचसँगै टप भेरियन्ट मोडलमा क्वीकसिफ्टर समेत उपलब्ध हुने अनुमान छ ।

पल्सर सिरिजमा आउने नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलर डिस्प्ले, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, डबल डिस्कब्रेक र स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, फुल एलईडी लाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर हुनेछ । यस मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्लि एड्जस्टेबल गर्न सकिन्छ ।

यसबाहेक मोटरसाइकलको अन्य जानकारी मे ३ मा सार्वजनिक गरिने छ । नयाँ पल्सर ४०० डोमिनार ४०० को तुलनामा कम मूल्यमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा बजाजका मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाज पल्सर ४०० चाँडै नेपाल ल्याउने सम्भावना रहेको छ । कम्पनी स्रोतका अनुसार भारतीय बजारमा सार्वजनिक भएको केही समयमै नेपाल ल्याउने तयारी भइरहेको छ । कम्पनीले पल्सर ४०० नेपालमै एसेम्बल गर्ने भएको कारण मूल्य समेत कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top