नेपालमा फिचर थपिएको हाइलक्सलाई ५०० किलोमिटर चलाएपछि…

काठमाडौं । टोयोटा हाइलक्स नेपालको लागि नयाँ नाम होइन । नयाँ नाम नभए पनि त्यसमा गरिने परिमार्जनले गाडीको लुक्सदेखि पर्फमेन्ससम्म परिवर्तन गर्न सकिन्छ ।

टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस्तै हाइलक्समा परिमार्जन चाहने ग्राहकलाई मध्यनजर गर्दै ‘पिटस्टप’ संचालनमा ल्याएको छ । यही ‘पिटस्टप’मा मोडिफाइ गरिएको हाइलक्सलाई ५०० किलोमिटरभन्दा धेरै चलाएपछि मैले आफ्नो ड्राइभिङ अनुभव यहाँहरू माझ साझा गरेको हुँ ।

सबैभन्दा पहिला यसको बाहिरी डिजाइनको कुरा गरौं । यसलाई मोडिफाइ गर्दा प्रशस्तै फिचर थप भएको छ । अगाडिको फेसियालाई आक्रमक लुक्स प्रदान गर्न धेरै काम गरिएको छ । ह्वील, सस्पेन्सन र टायर परिवर्तन भएको छ । यी तीन कुराको परिवर्तनबाट हाइलक्स थप लग्जरी, बल्की र रफरोडको लागि उपयुक्त बनेको छ ।

यसको अलावा अगाडि हुटलाई एड्भेन्चर फिल दिनेगरी र्याक दिइएको छ । माथि थपिएको लाइट र र्याकको डिजाइनले जो कोहीलाई लोभ्याउने छ । बाटोमा हाइलक्स चलाएर हिँडिरहेको मानिसले पनि यसलाई देखेपछि एक पटक आँखा नलगाई जान सक्दैन ।

प्यासेन्जर चढ्ने स्थानमा युनिक तरिकाले दिइएको फुट स्टेपले हाइलक्स चढ्दाको अलगै अनुभूति प्रदान गर्छ । ढोका खोल्दा खुल्ने र लगाउँदा आफैँ लुक्ने भएको कारण पनि यसले अलगै अनुभव प्रदान गराउँछ ।

यसको क्याबिनमा पनि ठूलै परिमार्जन पाउन सकिन्छ । सबैभन्दा पहिला त यसको ड्यास बोर्डमा दिइएको ३६० डिग्री क्यामेरा सहितको इन्फोटेन्टमेन्ट सिस्टम र पुरानो गाडीको झल्को दिने अग्लो गियर नवले पृथक अनुभव गराउने छ ।

यसका अलावा हाइलक्समा दिइएको ईको र पावर मोडको मज्जा ड्राइभिङको समयमा चालकले उठाउन सक्ने छन् ।

ड्राइभिङ अनुभव

गाडी चढ्न ढोका खोल्ना साथ निस्कने फुटपेजले नै रोमान्चित बनाउने छ । त्यसमा पछि दिइएको ठूला टायर, ३६० डिग्री क्यामेरा, अग्लो गियर नब, मोडिफाइ गरिएको ड्यासबोर्डले सुरूमा नै तपाईंलाई फरक अनुभव प्रदान गर्छ । साथै, यसमा दिइएको ईको र पावर मोडले ड्राइभिङ गर्दा नयाँ अनुभूति प्रदान गर्ने नै भयो ।

पावर मोडमा गाडीले निकाल्ने आवाजले बाटोमा हिँड्ने जो कोहीलाई आफूतिर आकर्षित गर्ने क्षमता राख्छ । यसमा रहेको २.८ लिटर इन्जिनले तपाईंले चाहेको जस्तो पावर प्रदान गर्न सक्छ ।

यसलाई काठमाडौंदेखि सोलखुम्बुको पताले बजारसम्म चलाउँदा निकै आरामदायी यात्राको अनुभव गर्न पाइयो । बाटोमा केही स्थानमा ठूला खाडल र कन्ट्रक्सनको काम चलिरहेको भए पनि यसलाई कतै अफ्ठ्यारो पर्ने कुरा भएन । लामो बाटो भएको कारण यसको ड्राइभिङ एक्सपिरियन्स निकै राम्रोसँग लिन पाइयो ।

यस्तै किसिमले आफ्नो पीकअप मोडिफाइ गर्ने इच्छा तपाईंलाई पनि छ भने पिटस्टपले तपाईंलाई सेवा दिनेछ । टोयोटाको आधिकारिक बिक्रेताले नै पिटस्टप संचालन गरेको कारण विश्वसनीय सेवा पनि लिन सक्ने देखिन्छ ।


Back_to_top