काठमाडाैं । नेपालका लागि फक्सवागेन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नक्सालमा जर्मन स्ट्याण्डर्डको फ्ल्यागशिप शाेरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा अत्याधुनिक सुविधासम्पन्न शाेरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज र पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले संयुक्त रूपमा उक्त शोरुम उद्घाटन गरेका थिए ।

शोरुम उद्घाटनबारे बाेल्दै प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो शोरुमले ग्राहकलाई फक्सवागेनको गाडी खरिद गर्न अझ सजिलो बनाएकाे छ ।’
नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म फ्री सर्भिसिङ र फ्रिकन्जुमेबल पार्टस पाउनेछन् ।
पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागेनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागेनका गाडीहरु बलियो उत्कृष्ट डिजाइन र युरोपियन प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय रहेकाे छ । जसका कारणा फक्सवागेनलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ ।

नेपालमा फक्सवागेनका १० भन्दा बढी शाेरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।


