काठमाडौं । उपत्यकामा आज बिहिबारबाट साझा यातायातले आफ्नो सेवा सुरु गरेको छ । कम्पनीको २६ वटा बसले आजबाट सेवा दिने भएको हो ।
साझाले यसअघि नै चल्दै आएका ८ वटा रुटमा सेवा सुचारु गर्न लागेको हो ।
‘लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन् ।
साझाले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिइन लागेको कम्पनीको भनाई छ ।
यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न भनिएको छ । बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएको छ ।

