काठमाडौं । गुडिरहेको सफा टेम्पोमा आगलागी भएको छ । काठमाडौंको मैतिदेबीमा गुडिरहेको अवस्थामा नै टेम्पोमा आगो लागेको हो ।
पुरानो बानेश्वर मैतीदेवी कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको स्थानियवासी तुलसी मर्हजनले बताए । आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ।
यात्रुलाई ओरालेर खाली टेम्पो अगाडि बढिरहेको समयमा एक्कासी आगो लागेको चालकले बताए । टेम्पोमा आगो लागेपछि मैतीदेवीमा मानिसहरू भेला भएर आगो निभाउने प्रयास गरेका थिए । नसकेपछि दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण वायरिङ सर्ट भएर हुन सक्ने अनुमान गरिएको छ । तस्बिर सेतोपाटीबाट


