अटो शोको आकर्षण बन्ला १२५ सीसीको एड्भेन्चर बाइक, यस्तो छ मूल्य

काठमाडौं । नाडा अटो शो २०२३ मा १२५ सीसीको पावरफुल एड्भेन्चर मोटरसाइकल प्रदर्शनी हुने भएको छ । जोन्टेस ब्राण्डले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ‘जीटी १२५ यू’ एड्भेन्चर मोडल प्रदर्शनीमा रहने भएको हो ।

जोन्टेस आधिकारीक बिक्रेता आइरन मंकले जीटी १२५ यू एड्भेन्चर मोटार्ड आगामी भदौ २६ गतेदेखि सुरु हुने नाडा अटो शोमा राख्ने लागेको हो ।

कम्पनीले यसअघि १५५ सीसी क्षमताको एड्भेन्चर मोटार्ड मोटरसाइकल बिक्री गर्दै आएको थियो । कम्पनीले केही दिनअघि मात्र ३१० सीसी प्रिमियम एड्भेन्चर मोटरसाइकलको पनि बिक्री सुरु गरेको हो ।

हाल नेपालमा बिक्री भइरहेको जीटी १५५ यू १ कै डिजाइनमा आधारित जीटी १२५ यू मोटरसाइकल पूर्णतया की–लेस रहेको छ ।

कम्पनीले यसमा प्रिमियम एड्भेन्चर मोटरसाइकलहरू बीएमडब्ल्यू जीएस १२५०, अफ्रिका ट्वीनजस्ता मोटरसाइकलमा हुने स्पोक ट्युवलेस टायर दिएको छ ।

त्यसैगरी, अन्य सेग्मेन्ट फ्रस्ट फिचरको रुपमा सुपरबाइक ग्रेड १० एम्पियर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्युल ट्याङ्क, वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर, ३०० एमएम साइजको डिस्क ब्रेक र डबल च्यानल एबीएस जस्ता फिचर दिएको छ ।

साथै, अन्य फिचरमा यो मोटरसाइकलमा एन्टी हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म, यूएडी फर्क, फास्ट चार्जिङ यूएसवी पोर्ट, डबल एलइडी हेडल्याम्प, एलइडी डीआरएल छन् ।

जोन्टेस जीटी १२५ मा यूरो ५ मापदण्डका लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले १४.०४ हर्स पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ ।

आइरन मंकले यो मोटरसाइकलको मूल्य ४ लाख ३९ हजार रुपैयाँ तोकेर विक्री सुरु गर्ने जनाएको छ ।

जोन्टेसका मोटरसाइकल विश्वका १०० भन्दा धेरै देशमा बिक्री वितरण भइरहेको छ । आइरन मंकले विगत ६ वर्षदेखि बिग बाइकहरूको सर्भिसमा काम गर्दै आएको थियो ।


Back_to_top