काठमाडौं । बेइजिङ वेस प्रिमियम इलेक्ट्रीक मोटरसाइकल कम्पनी इभोक नेपाल आउने भएको छ । इन्ड्युरो मोटर्सले इभोक इलेक्ट्रीकका उत्पादन नेपाल ल्याउने भएको हो ।
कम्पनीले १ हप्ता पछि भृकुटीमण्डमा हुने नाडा अटो शो २०२३मा इभोक अर्वान क्लासीक मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
इभोक अर्वान क्लासीक इलेक्ट्रीक मोटरसाइकलमा २५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टाको रहेको छ ।
अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ। यसले फास्ट चार्जर सपोर्ट गर्छ भने एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो मोटरसाइकलमा मल्टिपल राइडिङ मोड उपलब्ध छ ।
अन्तर्राष्ट्रिय बजारमा ८ हजारदेखि ९ हजार डलरसम्म मूल्य भएको यो मोटरसाइकलको मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

