चार भेरियन्टमा नेपाल आयो ‘पन्च’ माइक्रो एसयूभी (मूल्यसहित)

काठमाडौं । टाटाको सबैभन्दा सानो एसयूभी पन्च नाडा अटो शोमा सार्वजनिक भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले भारतमा दुई वर्षदेखि सफलता पाइरहेको पन्च नेपाल ल्याएको हो ।

सुरक्षाको हिसावले उत्कृष्ट मानिएको पन्च माइक्रो एसयूभीले विद्युतीय कारको लहरमा कस्तो ब्यापार गर्छ अहिल्यै भन्न सकिदैन । यसले ग्लोबल एनक्यावको क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा पाउन सकिन्छ ।

त्यसैगरी, पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top