सोमबार विहान मुम्बाईको छत्रपति शिवाजी विमानस्थलमा दुर्घटना भएको छ । मुम्बाईबाट दिल्लीको लागि लागि उडान भर्न लागेको एयर इन्डियाको जहाज एआई ८६४ बाट एक एयर होस्टेस खसेर गम्भीर घाइते भएकी छिन् ।
अहिले घाइते एयर होस्टेसको मुम्वाईको नानावती अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हाल उनको अबस्था निकै गम्भीर रहेको उल्लेख गरिएको छ ।
विमानस्थल स्रोतका अनुसार विमानले उडान भर्नु कहि मिनेट अगाडि विमानको मेन गेट बन्द गर्दैगर्दा पछाडिबाट धक्का लागेकाले उनि लडेर तल जमिनमा बजारिएको बताईएको छ । विमान बिहान ७ बजे दिल्लीको लागि उडेको थियो ।


