काठमाडौं । यामाहाको एड्भेन्चर मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले यामाहा डब्लूआर १५५ नाडा अटो शोमा सार्वजनिक गरेको हो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर यसको बुकिङ लिइरहेको छ ।
यसका अलावा कम्पनीले एमटी १५ भर्सन २ समेत नाडा ओ शो २०२४ मा प्रदर्शन गरिरहेको छ ।

