कियाले सेल्टोसमा थप्यो १० नयाँ फिचर, बढेन मूल्य

काठमाडौं । कियाले भारतमा लकडाउन खुकुलो भएसँगै आफ्नो चर्चित एसयूभी सेल्टोसको २०२० मोडल सार्वजनिक गरेको छ । नयाँ सेल्टोसमा पहिलेभन्दा १० फिचर थप गरेर बजारमा उतारेको कियाले जनाएको छ ।

कम्पनीले १० नयाँ फिचर थप गरेको भएपनि यसको मूल्यमा भने कुनै परिमार्जन गरेको छैन ।

कियाले नयाँ सेल्टोसमा सुरक्षा फिचर, आरामदायी फिचर, कनेक्टीभिटी, र डिजाइनमा परिमार्जन गरेको जनाएको छ । यसको साथै, सुरुवाति भेरियन्टको सेल्टोसमा समेत थुप्रै फिचर थप भएको कम्पनीको दाबी छ ।

कम्पनीले १.४ लिटर टि–जीडीआई जिटिके र जिटीएक्स ७ स्पीड डिसिटी भेरियन्ट भने डिस्कन्टिन्यू गर्ने जनाएको छ ।

नयाँ अपग्रेड मोडल बजारमा ल्याएसँगै किया इन्डियाका एमडी तथा सिइओ कुक्यून सिमले भने ‘नयाँ सेल्टोसले एसयूभीको बजारमा थप उचाई छुने छ । आकर्षक र फिचरहरु थप भएकाले यसले बजारमा पहिलेभन्दा राम्रो पर्फमेन्स गर्ने हामीलाई विश्वास छ । नेक्ट जेनेरेशन टेक्नोलोजीले हरेक ग्राहकको मन जित्ने छ ।’

के-के फिचर थपिए

कम्पनीले नयाँ सेल्टोसमा इमर्जेन्सी स्टप सिंग्नल (इएसएस) दिइएको छ । यसलाई कम्पनीले सेल्टोसको सबै भेरियन्टमा दिएको छ । कम्पनीले नयाँ सेल्टोसमा यूभीओ कनेक्ट टेक प्रदान गरेको छ ।

यसका साथै भ्वाईस एसिस्ट, यूभीओ लाइट कन्ट्रोल एयर प्यूरिफाई, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टमलाई ड्यास बोर्डमा दिइएको छ ।

केही भेरियन्टमा सनरुफ, एलइडी रुफ ल्याम्प, मेटल स्काफ प्लेट, ड्यूल मफ्लर डिाजाइन, रियर यूएसभी चार्जर जस्ता फिचर उपलब्ध रहेको जनाएको छ । यसको साथै, नयाँ ओरेन्ज र ह्वाइट कलर ड्यूल टोनमा समेत सेल्टोस किन्न सक्ने छन् ।

नेपालमा पनि किया सेल्टोस बिक्री वितरण हुँदै आएको छ । यस्तोमा केही महिना पछि २०२० किया सेल्टोस नेपालमा पनि बिक्री सुरु हुने छ ।


Back_to_top