काठमाडौं । विभिन्न किसिमका प्यासेन्जर कारको लागि व्याट्री उत्पादन गर्ने कम्पनी ‘एलजी क्याम’ विश्वकै ठूलो उत्पादक भएको छ । एडेम्स इन्जेलिजेन्सका अनुसार एलजी म्यामले चिनीयाँ कम्पनी क्याटल र बीवाइडीलाई उछिनेर विश्वकै पहिलो कम्पनी भएको हो ।
कोरोना (कोभिड १९) भायरसको कारण विश्वमा उत्पन्न समस्याले उत्पादकको रेटिङ समेत तलमाथि पारेको हो । पछिल्लो रिपोर्ट अनुसार एलजी क्याम पहिलो स्थानमा रहँदा पानासोनिक दोस्रो क्याटल तेस्रो, सामसङ चौथो र वीवाइडी पाँचौ स्थानमा परेका छन् ।
एलजी क्यामले यूरोपियन बजारमा इलेक्ट्रीक कारको लागि धेरै व्याट्री उत्पादन गर्नु, चीनमा जनवरी र फेब्रुअरीमा गाडीको बिक्री र उत्पादनमा ह्रास आउनु जस्ता कारण एलजी क्याम पहिलो स्थानमा आएको हो । दुई महिनामा कम्पनीले १.८ गिगावाट व्याट्री उत्पादन गर्दै ३४.६ प्रतिशत बजार हिस्सा ओगटेको हो । कम्पनीले बनाएको व्याट्री इलेक्ट्रीक कार, हाइब्रिड कार र हाइड्रोजन फ्यूल सेलमा प्रयोग हुने छ ।
यद्यपी, एडेम्स इन्जेलिजेन्सले चिनीयाँ बजारमा कोरोना प्रभाव कम हुँदै गएकाले चाँडै क्याटलले पहिलो स्थान लिने दबी गरेको छ ।

